हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सिमरा – हात्तीको आक्रमणबाट जीतपुर सिमरा-१६ टांगियाबस्तीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको छोरा ४५ वर्षीया जापाङ दर्लामी रहेका छन्।

मगरलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन्।

यता जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु भएपछि स्थानीय आतंकित बनेका छन्। स्थानीय रमेश सापकोटाका अनुसार दर्लामीलाई आक्रमण गर्ने हात्ती बस्ती वरपर घुमिरहेको छ।

हात्तीले बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरू भाग्न थालेको र त्रासको स्थिति रहेको सापकोटाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *