नेपालमा इन्धनको मूल्य तत्काल घटबढ हुँदैन : निगम‍

काठमाडौं – बुधबार भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटबढ नहुने नेपाल आयल निगम‍ले जनाएको छ। निगमले सरकार र इन्डियन आयल कर्पोरेसनलाई अझै १६ अर्ब बक्यौता तिर्न बाँकी रहेकाले मूल्य यथावत राखिएको हो।

नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले बुधबार पठाएको इन्धनको नयाँ लागत मूल्यअनुसार ग्यासको मूल्यमा केही वृद्धि भए पनि अरूको मूल्य घटेको हो।

निगमका अनुसार पेट्रोलमा १.२१, डिजेलमा ५.०५, मट्टितेलमा ३.४०, हवाई इन्धनमा ७.०३ रुपैयाँ घटेर आएको हो।

ग्यासको मूल्यमा भने ३३९.०६ रुपैयाँ बढेर आएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगमलाई १५ दिनमा १५ करोड रुपैयाँ नाफा हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *