रामेछापमा बोलेरो दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

रामेछाप – खाँडादेवी गाउँपालिका राकाथुमको पिपलबोटमा बोलेरो दुर्घटना भएको छ। बा१६च ३८२५ नम्बरको बोलेरो गाडी करिब ३ सय मिटर भिरबाट खसेर दुर्घटना भएको पूर्व वडाध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक बालकसहित दुई जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ। अन्य तीन जनाको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *