भ्रष्टाचार मुद्दाका फरार अभियुक्त पक्राउ


काठमाडौं – भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी कञ्चनपुरबाट पक्राउ​ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी विशेष टोलीले कञ्चनपुर भि.न.पा.६ बनगाँउ बस्ने फरार प्रतिवादी लक्ष्मणबहादुर चन्दलाई पक्राउ गरेकाे हाे ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डांगीका अनुसार चन्दलाई जिल्ला अदालत कञ्चनपुरबाट भ्रष्टाचार मुद्दामा दुई महिना २६ दिन कैद र ५२ हजार जरिवाना सजाय तोकिएको थियाे ।

सजाय ताेकिए लगत्तै फरार रहँदै आएका चन्दलाई उनकै घरबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत कञ्चनपुरमा पठाइएको उपरीक्षक डांगीले बताए।

प्रतिक्रिया