अतिगोप्य दस्तावेज चुहाएको अभियोगमा अमेरिकी सैनिक पक्राउ


वासिङटन डिसी – युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै १ सय अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ। उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत थिए।

चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किभ र सोलसम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिङ्टनका समर्थकलाई सशङ्कित तुल्याएको छ। ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस रुस अनुकूल बनेको, उनका गतिविधि पनि निगरानी गरिएको, उनका सहयोगीबीच भएका व्यक्तिगत संवाददेखि दिएर युक्रेनमा विदेशी फौज सक्रिय रहेका विषय इन्टरनेटबाट चुहिएका थिए।

युक्रेनमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र अमेरिकाको सहयोग, बेलायत र दक्षिण कोरियालगायत युरोपका केही मुलुकको युक्रेन युद्धप्रतिको दृष्टिकोणलगायत गुप्तचर निकायका विश्लेषण ज्याकले चुहाएको आरोप छ।  एजेन्सी

प्रतिक्रिया