प्रकाश सपुतको ‘सकम्बरी’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा


काठमाडौं – गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको हो ।

बिहीबार युट्युब च्यानल मार्फत सार्वजनिक १५ मिनेट लामो गीतले समाचार तयार गर्दासम्म ७ लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । गीतले ६३ हजार बढी लाइक पनि पाएको छ ।

गायक सपुतले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्फत रिलिज गरेका थिए । बिहीबार भने उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका गायक सपुत बोल माया, गलबन्दी, पीर र कुरा बुझ्नुपर्छ लगायतका सिर्जना यसका ज्वलन्त उदाहरण हुन् ।

सार्वजनिक गीतमा गायक सपुत र वार्ता गन्धर्वको स्वर रहेको छ भने शब्द संगीत पनि गायक सपुत कै रहेको छ । गीतमा गायक सपुतसँगै सुनिल थापा र कुसुम शर्मा लगायतको अभिनय रहेको छ ।

गीतले समसामयिक विषयलाई उठाएको छ । गायक सपुतले यसै गीतबाट ‘सकम्बरी’ २ आउने पनि जानकारी गराएका छन् ।

‘सकम्बरी’ भिडियो:

प्रतिक्रिया