स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवीको निधन

काठमाडौं – शताब्दी पुरुष संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको निधन भएको छ।

सय बर्षको उमेरमा शनिबार बिहान ५:१५ मिनेट जाँदा ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको भएको पारिवारिक स्रोतले जनाएको छ ।

‘बिहीबारदेखि उनको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

८४ वर्षसम्म संस्कृतिविद् सत्यमोहन जोशीसँग सहयात्रा गरेकी राधादेवी लामोसमयदेखि विभिन्न रोगको उपचारमा थिइन् ।

सत्यमोहन जोशीको एकसय चार वर्षको उमेरमा आठ महिना अघि निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *