अर्थमन्त्री महतको आर्थिक सल्लाहकार अर्थविद विश्व पौडेल नियुक्त


काठमाडौं – अर्थविद विश्व पौडेल अर्थमन्त्री डा. प्रकाशशरण महतको आर्थिक सल्लाहकार नियुक्त भएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पौडेल अर्थ मन्त्रालयमा प्रमुख सल्लाहकार नियुक्त भएका हुन् ।

उनी संसदीय निर्वाचनमा चितवन–१ बाट उम्मेदवार समेत बनेका थिए । तर उनी पराजित भए । उनलाई अर्थमन्त्री महतले अर्थ मन्त्रालयमा ल्याएका हुन् । चालू आर्थिक वर्षको बजेट निर्माणमा आफ्नो महत्वपूर्ण योगदान रहेको दाबी गर्ने पौडेल आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी भइरहँदा अर्थ मन्त्रालय आएका छन् ।

प्रतिक्रिया