हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्नेमा स्ट्रोक र मुटु रोग समस्या: डब्ल्यूएचओ


काठमाडाैं – एक अध्ययनले लामो समय काम गर्ने सयौँ हजार मानिसको प्रतिवर्ष मृत्यु भइरहेको देखाएको छ । विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार सन् २०१६ मा सात लाख ४५ हजार यस्ता मानिसको मृत्यु भएको हो ।

लामो समय काम गर्दा स्ट्रोक र मुटुरोगका कारण मानिसहरुको मृत्यु हुने गरेको दाबी गरिएको छ । रिपोर्टअनुसार दक्षिण पूर्वी एसिया र पश्चिम प्रशान्त क्षेत्रका मानिसहरुमा बढी यस्तो समस्या देखिएको छ । कोरोना महामारीले अवस्था झन् भयावह हुने देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

एक हप्तामा ५५ घण्टा वा त्योभन्दा धेरै काम गर्नेहरुमा स्ट्रोक हुने उच्च जोखिम ३५ प्रतिशत रहने र मुटुरोगको उच्च जोखिम १७ प्रतिशत हुने अनुसन्धानले देखाएको हो । तर ३५ देखि ४० घण्टा काम गर्नेमा यस्तो कमै पाइएको बताइएको छ ।

यो अध्ययन अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग मिलेर गरिएको अध्ययनले लामो समय काम गर्ने क्रममा मृत्यु भएकामध्ये तीन भागजतिको उमेर मध्यमदेखि वृद्ध अवस्थाको रहेको देखाएको छ । प्रायः मृत्यु भने जीवनको उत्तरार्धतिर अर्थात् लामो समय काम गरेको दशकौँ पछि भएको पाइएको छ । बीबीसी

प्रतिक्रिया