दाँतको बीचमा खाली ठाउँ छ? यस्ता छन् विशेषता


काठमाडाैं – सामुन्द्रिक शास्त्र एउटा विस्तृत विधा हो । यसमा व्यक्तिको अनुहार, शरिरको अलग-अलग अंगको आंकलन गरेर व्यक्तिको स्वभाव, चरित्र अनि व्यक्तित्वको पत्ता लगाइन्छ ।

यीमध्ये दाँतको बिचमा खाली हुनु राम्रो या नराम्रो भनेर विभिन्न कथन सुन्दै आएका छाैं । वास्तवमा दाँतकाे बिचमा खाली ठाँउ हुनुकाे अर्थ यसप्रकार छ ।

सुन्दरता:
सामान्यतया दाँतको बिचमा यदि ग्याप छ भने यसले मुस्कानलाई नै फिका बनाइदिन्छ । यसैले सुन्दरताको दृष्टिले यो सहि मानिदैन ।

ज्योतीषीय दृष्टिकोण
सुख:
सामुन्द्रिक शास्त्र अनुसार जो व्यक्तिको दाँतको आकार समान हुनुको साथ-साथ चमक पनि हुन्छ, उनीहरुले निकै सु:खको जीवन व्यतीत गर्छन् ।

बुद्धिमता:
त्यस्तै अगाडीका दाँतको बिचमा खाली ठाउँ हुनुलाई सामुन्द्रिक शास्त्रले बुद्धिमताको निशानी मानेको छ।

हार नमान्ने:
दाँतको बिचमा ग्याप हुने व्यक्तिले सजिलै हार मान्दैनन्। खुसी रहन जान्ने हुन्छन् त्यसैले अप्ठ्यारो अवस्था आइ पर्दा आत्तिने गर्दैनन् ।

रचनात्मक क्षमता:
मिलेको दाँत भएका व्यक्तिको रचनात्मक क्षमता पनि गजबको हुन्छ। यस्ता व्यक्तिले पैसा पनि निकै सम्हालेर राख्न जानेका हुन्छन् ।

पतिको प्रेम:
जो स्त्रीको माथी र तल १६-१६ दाँत हुन्छन् ती स्त्रीले पतिको निकै प्रेम पाउँछन्।

ठुलो लक्ष्य:
जो व्यक्तिको अगाडीको दाँतको बिचमा खाली ठाउँ हुन्छ ती व्यक्तिको भित्र निकै उर्जा हुन्छ अनि जीवनमा एक ठुलो लक्ष हासिल गर्नेछन्।

अति बोल्ने:
सामुन्द्रिक शास्त्र अनुसार यस्ता व्यक्ति निकै बोलक्कड हुन्छन्। यस्ता व्यक्ति बिना कुनै बिषय बिहान देखि बेलुकी सम्म कुरै मात्र गरिरहन सक्छन्।

खुला बिचार:
यस्ता व्यक्ति खुला विचारवाला पनि हुन्छन् अनि साथी पनि छिट्टै बनाउँछन्।

खाना-पिनाको शौखिन:
दाँतको बिचमा ग्याप हुने व्यक्तिहरु खाना-पिनाको निकै शौखिन हुन्छन्।

राजसी सुख:
सामुन्द्रिक शास्त्र अनुसार दाँतको बिचमा ग्याप हुने स्त्रीले राजसी सुख भोग्छिन्।

प्रतिक्रिया