बट्टाईको मासु तथा अण्डा खानुका अनेक फाइदा

काठमाडौं – बट्टाई एउटा चराको प्रजाती हो, जुन फेजियानिडी परिवारभित्र पर्दछ । यसमा डाँफे, मुनाल, च्याखुरा, कालिज, पिउरा, तित्रा मात्र हैन, लुइँचे र कुखुरा पनि समावेश छन्। हाल नेपालमा पनि बट्टाई पालन फस्टाउँदै गएको छ । यसको मासु र अण्डा मानव स्वास्थ्यका लागि निकै लाभदायक भएका कारण यसको माग बढेसँगै नेपालमा बट्टाई पालन पनि फस्टाएको हो ।

बट्टाईको मासु जति तागतदार हुन्छ अण्डा अझ बढी फाइदाजनक मानिन्छ । विज्ञहरुका अनुसार बट्टाईको अण्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक हुन्छ। यसको मासु र अण्डामा क्यालसियमको मात्रा प्रचूर हुने भएकाले मानिसले यसको प्रोटिन सहजै पचाउन पनि सक्छन्। हड्डी कमजोर भएका तथा वायुको समस्या भएकालाई पनि यो लाभदायी हुन्छ। बट्टाईको अण्डामा भिटामिन ए, बी, डी र बी १२, लुटिन तथा जिएजेनथीन अधिकमात्रामा हुन्छ ।

बट्टाइको मासु तथा अण्डाका फाइदाहरु :

– बट्टाईको मासु तथा अण्डा खाँदा दम, निमोनिया, रुखाखोकी र ग्याष्ट्रिक नियन्त्रण गर्न सकिन्छ।

– सुगर र ब्लड प्रेशरका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।

– शरिरमा रहेको अनावश्यक टक्सिन निकाल्न पनि बट्टाईको अण्डा लाभदायक रहेको छ ।

– मृगौला, कलेजो र गलब्लाडर(पित्तथैली) स्वस्थ राख्न मद्दत गर्छ ।

– हड्डी मजवुत बनाउन, छालालाई एलर्जीबाट बचाउँन, रगत शुद्धिकरण र हेमोग्लोविनको मात्रा बढाउन पनि बट्टाईको मासु तथा अण्डा सेवन गर्नु फाइदाजनक छ ।

– बालबालिकाको शारिरिक वृद्धिमा, स्मरण शक्ति बढाउन, रोगविरुद्ध लड्न सक्ने क्षमताको विकास गर्न र चोटपटक चाँडो निको पार्न पनि बट्टाईको मासु तथा अण्डा खानु फाइदाजनक हुन्छ ।

बट्टाईको अण्डा खाने तरिका :

बट्टाईको अण्डा विशेष गरेर काँचो खाँदा राम्रो मानिछ । काँचो अण्डामा पाकेकोमा भन्दा बढी पौष्टिक तत्व हुने विज्ञहरुको भनाइ छ । काँचो अन्डा खान नसक्नेले जुसमा मिलाएर पनि खान सकिन्छ तर यतिकै खाँदा बढी प्रभावकारी हुन्छ ।

बट्टाईको अण्डाबाट विभिन्न सुप, सलाद, मेन कोर्स र क्यानपी, स्टुहरु बनाउन सकिन्छ। यसलाई उसिनेर बिहान खाजाको रुपमा पनि लिन सकिन्छ। यसलाई अम्लेट वा पोच बनाएर पनि सहज रुपमा खान सकिन्छ। बट्टाईको अण्डामा कुखुराको भन्दा चार गुणा बढी प्रोटिन पाइने बता यसका विभिन्न परिकार बनाएर खान सकिन्छ।

स्रोत : सामाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *