अमेरिकाको टेक्सासमा अन्धाधुन्धा गोली चल्यो, पाँच जनाको मृत्यु
टेक्सास – अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्धा गोली चलाउँदा आठ वर्षीय बालकसहित पाँच जनाको ज्यान गएको छ ।
दुई जना महिलाको शवमुनिबाट दुई जना बालबालिकालाई भने सकुशल निकालिएको बीबीसीले जनाएको छ । मारिने सबै होन्डुरसका नागरिक रहेका छन् ।
स्थानीय प्रहरी अधिकारीले संदिग्ध व्यक्ति मेक्सिकोका नागरिक भएको र उनीसँग अर्ध–स्वचालित राइफल रहेको बताएका छन् ।
प्रहरीले गोली हान्ने व्यक्ति अझै फरार रहेको बताएको छ । केही दिनअघि टेक्सासमै एक भोजका क्रममा गोली चल्दा पनि नौ जनाको ज्यान गएको थियो ।