राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आज डिस्चार्ज हुनसक्ने


काठमाडौं – भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने भएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार अखिल भारतीय आयुर्विज्ञान अस्पतालमा (एम्स अस्पताल)मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् ।

‘सम्माननीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलि (आइतबार)सम्ममा अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन्,’ नेपाली दूतावासले भनेको छ ।

छातीमा जमेको पानीमा संक्रमण देखा परे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकको सुझावमा उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए ।

प्रतिक्रिया