यस्ता नगर प्रहरीलाई निलम्बन गर्दै काठमाडौं महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलका केही कर्मचारी कार्यालय समयमा तास खेलिरहेको अवस्थामा फेला परेका छन्। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडि बढाइएको महानगर श्रोतले जनाएको छ।

बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा ३ जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा भेटिएका थिए। उनीहरू प्रहरी बलको पोसाकमा तास खेलिरहेको तस्बिर सार्वजनिक भएको छ।

यसरी कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानिया रहेका छन्। बानिया भने कम्पनी करारमार्फत नगर प्रहरीमा आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *