पुलको रेलिङ भत्काउँदै बस खोला खस्यो, १७ जनाको मृत्यु
नयाँदिल्ली – भारतस्थित मध्यप्रदेशको खरगोनमा पुलको रेलिङ भत्काएर बस खोलामा खस्दा १७ जनाको ज्यान गएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान ८ः४० बजे बस ५० फिट अग्लो पुलबाट खसेको हो । दुर्घटनामा मत्यु भएका १७ जनामध्ये ३ बालबालिका र ६ महिला छन् ।
बस डोङ्गारगाउँ र दसंगा बीचको बोराद खोलाको पुलको रेलिङ फुटाएर खोलामा खसेको हो । खोलामा पानी भने थिएन । दुर्घटनाामा घाइते ३५ जनालाई अस्पताल लगिएको छ ।