एमाले सचिवालय बैठक सुरु


काठमाडौं – नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो।

बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । केन्द्रीय कमिटी बैठक २८–३० गते काठमाडौंमा हुँदै छ । केन्द्रीय कमिटी ’बैठकमा मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने तयारी छ ।

आजको बैठकमा समसामयिक विषयमा पनि छलफल हुने ज्ञवालीले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पनि एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छैनन् । रायमाझीको विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताउँछन् ।

प्रतिक्रिया