थप १७ जनामा कोरोना संक्रमण, संक्रमित भन्दा निको हुने धेरै


काठमाडौं – पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ५ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हाे ।

आज २३ जना संक्रमित निको भएका छन् भने हाल देशभर १ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हाल अस्पतालमा रहेका संक्रमितमध्ये १ जना भेन्टिलेटर र ५ जना आईसीयूमा रहेका छन् ।

प्रतिक्रिया