ए डिभिजन लिग : चर्च ब्वाइज र हिमालयन शेर्पाको बराबरी

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा सोमबार चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लबले १-१ गोलको बराबरी खेलेका छन्।

च्यासल रंगशालामा भएको खेलको १२औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। यद्यपि, ३५औं मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै शेर्पालाई बराबरीमा ल्याएका थिए।

दोस्रो हाफमा दुवै टिमले गोलका अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा शेर्पा र चर्चले अंक बाँडे। बराबरीसँगै खेल २० खेलबाट ३७ अंक जोडेको चर्च ब्वाइज युनाइटेडले शीर्ष स्थानमा अग्रता लम्ब्याउने मौका गुमाएको छ।

दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबको २० खेलबाट ३४ अंक छ। समान खेलबाट २६ अंक जोडेको शेर्पा सातौं स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *