गुडिरहेको बसमा आगलागी, २५ जनाको मृत्यु


काठमाडौं – भारत, महाराष्ट्रको बुलढाणामा गुडिरहेको एक निजीबसमा आगलागी हुँदा २५ जनाको जलेर मृत्यु भएको छ । दुर्घटना शनिबार बिहान महाराष्ट्रको बुलढाणास्थित समृद्धि एक्सप्रेस–वेमा भएको हो ।

बसमा सवार ३३ यात्रुमध्ये २५ जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफइन्डिया(पीटीआई)ले लेखेको छ । बस नागपुरबाट पुणेतर्फ आइरहेको बेलाटायर पड्किएपछि चालकको नियन्त्रण बाहिर गई एक खम्बामा ठोकिएको थियो । त्यसपछि पुनः डिभाइडरमा ठोकिन पुग्दा डिजेल ट्याङ्की फुटेर बसमा आगो लागेको बुलढाणा प्रहरीले जानकारी दिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

दुर्घटनामा घाईते यात्रुको बुलढाणा सिभिल अस्पतालमा उपचारका भैरहेको छ । बसमा सवार केही यात्रुले भने बसको झ्यालको सिसा फुटाएर ज्यान बचाउन सफल भएका छन् । मृतकको पहिचान भइनसकेको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन् ।

त्यस्तै, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारजनलाई पाँच/पाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया