हुम्लामा तार सर्ट हुँदा आगलागी, २४ लाखको धनमाल क्षति

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका-८ लिगुखेत (बटुम)को एक घरमा आगलागी हुँदा २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय जसवीर शाहीको घरमा आज बिहान बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घरको तेस्रो र दोस्रो तलामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

घरको तेस्रो र दोस्रो तलामा पूर्ण रूपमा क्षति पुर्‍याए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमला भट्टराईले बताए। ‘घरमा आगलागी हुँदा शाहीको ढुंगा माटोले बनेको तीनतले घर, घरमा भएका गरगहना तथा अन्नपात, काठलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएका छन्’, उनले भने।

सिमकोट–७ मा रहेको धारापोरी प्रहरी चौकीका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *