‘आर्थिक विधेयक २०८०’ प्रतिनिधिसभाबाट पारित


काठमाडौं – प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेको छ।

प्रतिक्रिया