हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारद्वारा समिति गठन


काठमाडौं – सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानविन गर्न समिति गठन गरेको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेको छ ।

सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौं उडान भरेको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार ६ जनाको मृत्यु भएको थियो । लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया