भोलिदेखि इन्धनमा स्वचालित मूल्य लागु गर्ने : आयल निगम


काठमाडाैं – नेपाल आयल निगमले भोलि साउन १ गतेदेखि इन्धनमा स्वचालित मूल्य लागु गर्ने भएको छ । आज आइतवार इण्डियन आयल कर्पोरेसनबाट नयाँ मूल्य सूची प्राप्त भएको छ ।

नयाँ मूल्यसँगै नेपाल आयल निगमले भोलि (साउन १)देखि स्वचालित मूल्य लागु गर्ने छ । आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार अब निगमले कुनै पनि इन्धनमा घाटा खाँदैन ।

अब ग्यासमा निगमलाई घाटा नहुने

निगमले भारतबाट बढेर आउँदा मूल्य बढाउने र घटेर आउँदा घटाउने भएकोले धेरै घाटा हुने गरेको ग्यासमा पनि स्वचालित मूल्य लागु हुने छ । यसो हुँदा अब ग्यासमा सरकारले सहुलियत दिँदैन भने ग्यासमा पनि आयल निगमलाई घाटा हुँदैन । अहिले ग्यासमा निगमलाई घाटा छैन भने अब आउने मूल्य सूचीपछि पनि घाटा नहुने निगमको भनाइ छ ।

निगमका अनुसार अब नाफा–घाटाको तय भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूचीले गर्नेछ । भारतबाट जति मूल्य घटेर आउँछ त्यति नै घट्छ भने जति बढ्छ त्यतिनै बढ्ने भएको छ ।

प्रतिक्रिया