गायिका शिल्पा राव नेपाल आउँदै

काठमाडौं – बलिउड गायिका शिल्पा राव नेपाल आउने भएकी छन्। सोल्टी होटलमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन भदौ ८ गते काठमाडौं आउने भएकी हुन्।

गायिका रावलाई रोअर ईन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो। उक्त कार्यक्रममा सहभागी हुन माईपेमार्फत् टिकट काट्न सकिने आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल नम्रता श्रेष्ठले गर्नेछिन्।

कार्यक्रम संयोजक मोहित बस्नेतका अनुसार उक्त कार्यक्रममा माई पेलाई टिकेटिङ पार्टनर बनाइएको छ। कार्यक्रममा हेप्पी वक्स, वेभ, आई एस् एस् साउण्ड, पठाओ लगायतले सहकार्य गरेका छन्।

गायिका रावले खुदा जाने, बुल्लेया, घुन्ग्रुजस्ता हिट गीत गाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *