‘सामाजिक सद्भाव खल्बल्याउनेविरुद्ध सचेत रहनु पर्छ’


भक्तपुर – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै  सबै सचेत रहनुपर्ने बताएका छन् । केही समययता विभिन्न बहानामा मिलेर बसेको नेपाली समाज भत्काउन खोजिएको बताए ।

चाँगुनारायण नगरपालिका-५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सूत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारे ।

सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिए ।

प्रतिक्रिया