रामप्रसाद सुवेदी स्वीट्जरल्याण्डका लागि राजदूत नियुक्त

काठमाडौं – स्वीट्जरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छ्न्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद‍्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूतमा नियुक्त गरेको हो।

साथै सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग,जेनेभा वर्ल्ड ट्रेड अर्गनाइजेसन (डब्लूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *