एमाले कर्णाली अधिवेशन : सदस्यमा ४४ जना निर्विरोध


सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनबाट सदस्यमा ४४ जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश अधिवेशन निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावली एमाले कर्णाली प्रदेश कमिटी सदस्यमा ४४ जना निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचनका लागि तोकिएको कोटा भन्दा बढी उम्मेदवारी नपरेको र केहीले उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ४४ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित हुनेमा जुम्ला प्रदेशसभा (क) बाट धनकृष्ण पाण्डे र भीमबहादुर थापा, जुम्ला प्रदेशसभा (ख) बाट दुई जना खुला सदस्य पुरुषमा जयबहादुर खत्री, नन्दराम रोकाय र जुम्ला प्रदेशसभा (ख)बाट एक महिला सदस्यमा चुक्की शाही गरी पाँच जना छन् ।

यस्तै हुम्ला भूगोलतर्फ प्रदेशसभा (ख) दुई जना पुरुष सदस्यमा जयबहादुर शाही र मंगल लामा, प्रदेशसभा (ख) एक जना महिलातर्फ रूपा शाही ३ जना प्रदेश कमिटी सदस्यमा निर्वाचित भएकी छन् । डोल्पा जिल्ला भूगालेतर्फ प्रदेशसभा (क) मा दुई जना पुरुष सदस्यमा पूर्णबहादुर डाँगी र विष्णुबहादुर रोकाया, महिला सदस्यमा पासाङ लामु रोकाय (बुढा) र प्रदेशसभा (ख) दुईजना पुरुषतर्फ धनचन्द्र बैजी, विश्वचन्द्र डसाल र एक महिला सदस्यतर्फ चन्द्राकुमारी बुढा गरी ६ जना सदस्य प्रदेश कमिटीमा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै मुगु जिल्ला भूगोलबाट प्रेदशसभा (क) मा दुईजना पुरुषतर्फ डबलबहादुर रोकाय, सोनाम छिरिङ लामा, एकजना महिला सदस्यतर्फ सुन्तला बुढा र प्रदेशसभा (ख) दुईजना पुरुषतर्फ कर्णबहादुर मल्ल, राजबहादुर कार्की र एक जना महिलातर्फ राज्यलक्ष्मी मल्ल गरी ६ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

सुर्खेत जिल्लाको प्रदेशसभा भूगोलतर्फ प्रदेशसभा निर्वाचन क्षेत्र–१ (क) मा दुई जना पुरुषतर्फ पूर्णबहादुर शाही, मानबहादुर खत्री र एक महिलातर्फ दीपा चन्द, प्रदेशसभा–१(ख) एक महिलातर्फ हरिकला राना गरी चारजना सदस्य निर्विरोध निर्वाचित भए । यसैगरी सुर्खेत प्रदेशसभा निर्वाचन क्षेत्र–२(क) महिलातर्फ लक्ष्मीकुमारी शाही र प्रदेशसभा– २(ख) बाट एक महिला सदस्यमा चन्द्रकला बुढा गरी दुई महिला सदस्य एमाले कर्णाली प्रदेश कमिटीमा निर्विरोध निर्वाचित भएकी छन् ।

दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) एक महिला सदस्यमा तप्तकुमारी खड्का थापा, दैलेख प्रदेशसभा–२(क) सर्वराज महतारा र डा. रमेशकुमार आचार्य गरी तीनजना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । रुकुमपश्चिम प्रदेशसभा (क) बाट दुई जना पुरुष सदस्यतर्फ कर्णबहादुर वली र गंगाराम चनारा, एक महिला सदस्यमा रचना मल्ल र प्रदेशसभा (ख) मा दुईजना पुरुषतर्फ गणेशकुमार विक र टंकप्रसाद वली निर्विरोध पाँचजना उम्मेदवार प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका छन् ।

यस्तै सल्यान प्रदेशसभा (क)मा दुईजना पुरुष सदस्यतर्फ घनश्याम शर्मा र जीतबहादुर चलाउने, एक महिला सदस्यतर्फ आशा वली र प्रदेशसभा (ख) मा दुई जना पुरुषतर्फ घनश्याम शर्मा र बुद्धिबहादुर केसी र एक महिला सदस्यतर्फ सरिता हमाल गरी ६ जना निर्विरोध निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ ।

जाजरकोट प्रदेशसभा (क) भूगोलतर्फबाट एक महिला सदस्यमा ताराकुमारी विष्ट शाक्य निर्विरोध निर्वाचित भएकी छन् । यसैगरी जनजाति निर्वाचन क्लस्टर अन्तर्गत पाँच महिला सदस्यमा चन्द्राकुमारी थापा मगर र छप्साङ लामा निर्विरोध निर्वाचित भएका छन् । पाँच जना महिला सदस्य रहेको कोटामा दुई जना महिलाको मात्रै उम्मेदवारी परेको हो ।

एक जना कोटा रहेको अल्पसंख्यकमा दैलखका पदमबहादुर माझी निर्विरोध प्रदेश कमिटी सदस्यमा चुनिएका छन् । प्रदेश लेखा समिततका उपाध्यक्षमा अमरबहादुर चन्द, दुई महिला सदस्यमा जाजरकोटकी कमलाकुमारी शाही र रुकुमपश्चिमकी कृष्णाकुमारी मल्ल निर्विरोध निर्वाचित भएका छन् । लेखा समितिको खुला २ जना सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । जसमा रुकुम पश्चिमका मिजास मल्लको उम्मेदवारी परेको हो । उनी पनि निर्विरोध लेखा समितिको सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया