थाई एअरको काठमाडाैं-बैङ्कक उडान पुनः सुरू


काठमाडाैं – थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एअरवेज इन्टरनेशनलले काठमाडाैं-बैङ्कक उडान पुनः सुरु गरेको छ । कोभिड-१९ का कारण काठमाडाैंको उडान बन्द गरेको कम्पनीले हिजो (आइतबार) देखि फेरि उडान थालेको हो ।

कम्पनीले कोभिडका कारण सन् २०२० मार्च २५ तारिखदेखि काठमाडाैं गन्तव्यको उडान बन्द गरेको थियो । थाई एअरवेजले उडान फेरि थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

थाई एअरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो समय उडान गरेको छ । कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

गएको असोज ३० गते अहिलेसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो हप्ता एक सय १० हाराहारी उडान भएको थियो । नेपालमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

प्रतिक्रिया