तिहारमा भारतीय फूलको आयातमा प्रतिबन्ध


काठमाडाैं – यस वर्षकाे तिहारलक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ । तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने भएकाले भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो ।

मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले पुष्प विकास केन्द्रको सिफारिसमा अर्को सूचना जारी नभएसम्म फूल आयातमा प्रतिबन्ध लगाइएको हो ।

विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता थियो । तर, यसपालि नेपालमै पुष्पखेती राम्रो भएको केन्द्रले जनाएको छ ।

यस वर्ष तिहारमा झण्डै ४० लाख सयपत्री माला खपत हुने अनुमान गरिएको छ । त्यस्तै, चार लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार मिक्स माला खपत हुने फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

प्रतिक्रिया