अमेरिका किन चाहँदैन इजरायल–गाजा युद्ध अन्त्य


काठमाडाैं – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले गाजामा युद्धविरामका लागि इजरायललाई आग्रह गर्नै अस्वीकार गरेका छन् ।

जोर्डनमा भएको अरब देशका नेताहरुसँगको छलफलपछि उनले तत्काल युद्ध रोक्न सम्भव नरहेको बताएका छन् । यही अवस्थामा युद्ध रोकेमा विद्रोही समूह हमास पुनः सङ्गठित भएर मध्यपूर्वको शान्ति अवस्थामा अवरोध ल्याइरहने ब्लिङ्केनको भनाइ छ ।

उनले अरब देशका नेताहरुसँग इजरायल–हमास युद्धमा सर्वसाधरणको ज्यान जाने क्रम रोक्ने उपाय खोज्नुपर्ने तर हमास विरुद्धको युद्ध रोक्न नहुने बताए । अरब देशका नेताहरुले भने इजरायलले युद्ध अपराध गरिरहेको भन्दै यसलाई आत्मरक्षा हो भनेर स्वीकार नगर्ने बताएको बीबीसीले जनाएको छ ।

ब्लिङ्केन इजरायल–हमास युद्ध शुरु भएपछि तेस्रोपटक इजरायल पुगेर अरब देशका नेताहरुसँग छलफल गर्न जोर्डन पुगेका हुन् । बीबीसी

प्रतिक्रिया