राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबीच भेट


क्यानबेरा – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाली समकक्षी सी लिन्ससँग भेटवार्ता भएको छ ।

अष्ट्रेलियाको संसदमा आज भएको भेटमा उनीहरुबीच नेपाल – अष्ट्रेलिया विद्यमान संरचनाका साथै द्विपक्षीय भ्रमण आदानप्रदानबारे छलफल भएको क्याबेरास्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरुले दुई देशबीचको समबन्ध सुमधुर रहेकामा हर्ष प्रकट गरे ।

दुवै देशका सभाध्यक्षले संसदीय अभ्यास र सङ्घीय संसद्का गतिविधिबारे पनि छलफल गरेका थिए । अध्यक्ष तिमिल्सिना यही मङ्सिर ११ गते उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अष्ट्रेलिया प्रस्थान गरेका थिए ।

प्रतिक्रिया