निगमले गुमायो त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड हेण्डलिङ’ सेवा शुल्क


काठमाडौं – प्रतिस्पर्धाविना नेपाल वायुसेवा निगमले पाउँदै आएको त्रिभुवन विमानस्थलको ‘ग्राउण्ड हेण्डलिङ’ सेवा गुमाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ सेवा प्रतिस्पर्धाको आधारमा मात्रै दिने निर्णय गरेको हो ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थल प्रबन्ध सेवा प्रतिको माध्यमबाट छनौट भएको संस्थामार्फत गराउने निर्णय भएको छ,’ प्राधिकरणले उल्लेख गरेको छ, ‘हालसम्म उक्त सेवा विना प्रतिस्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आएको थियो ।’

निगमले वार्षिक करिब ५ अर्ब हाराहारी आम्दानी ग्राउण्ड हेण्डलिङबाट गर्दै आएको थियो ।

प्रतिक्रिया