‘स्वतन्त्र भएर बस्छु’ भन्दै आयल निगमका कार्यकारी निर्देशकले दिए राजीनामा


काठमाडाैं – नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।

थानीले आज मङ्गलवार दिउँसो राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए । स्वतन्त्र भएर बस्छु भन्दै थानीले राजीनामा पत्र बुझाएको पनि मन्त्री रिजालले बताए ।

भोलि बुधवारदेखि नै लागू हुनेगरी थानीले राजीनामा बुझाएका छन् । उनले २०७८ साल फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रूपमा नियुक्ति लिएका थिए । तीन वर्षका लागि नियुक्त भएका थानीले एक वर्ष नाै महिनामै राजीनामा दिएका छन् ।

प्रतिक्रिया