चीनको कोइला खानीमा विस्फोट : १० जनाको मृत्यु, ६ जना बेपत्ता


काठमाडाैं – चीनको हेनान प्रान्तमा रहेको एक कोइला खानीमा विस्फाेट हुँदा १० जनाकाे मृत्यु भएकाे छ । ६ जना बेपत्ता भएका छन् । खानीमा काेइला र ग्यास विस्फाेट भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएकाे छ ।

विस्फाेटकाे समयमा खानीभित्र ४ सय २५ जना कामदार रहेकामा तीन सय ८० जनाकाे भने उद्धार गरिएकाे सिन्ह्यामा उल्लेख छ । उनीहरुकाे सबैकाे अवस्था समान्य रहेकाे छ ।

कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले पक्राउ गरेका छन् । हेनान प्रान्तको आपतकालीन व्यवस्थापन मन्त्रालयले बेपत्ताहरुकाे यथाशीघ्र खाेजी, उद्धार र मृतकहरुकाे पहिचानका लागि निर्देशन दिएकाे सिन्ह्वाले जनाएकाे छ । दुर्घटनाकाे कारण पत्ता लगाइ थप जाेखिम हुनबाट राेक्ने मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया