म्यानमारको सैनिक विमान भारतमा दुर्घटना, ८ जना घाइते

काठमाडौं – म्यानमारको एक सैनिक विमान भारतको मिजोरममा दुर्घटना भएको छ। मिजोरमको लेंगपुई विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त विमान चिप्लिएर दुर्घटना भएको थियो।

घटनामा कम्तिमा ८ जना घाइते भएका छन्। विमानमा क्रु मेम्बरसहित १४ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्। आफ्ना सैनिक फिर्ता लैजान उक्त विमान मिजोरम आएको बताइएको छ।

विद्रोहीको आक्रमणबाट बच्नका लागि गत १७ जनवरीमा म्यानमारका २७६ सैनिक भारतभित्र प्रवेश गरेका थिए। उनीहरू भारत प्रवेश गरी असम राइफल्ससँग शरण मागेको मिजोरम प्रहरीले जानकारी दिएको छ। तीमध्ये १८४ जनालाई सोमबार म्यानमार फर्काइएको थियो। बाँकी ९२ जनालाई आज फिर्ता लैजाने तयारी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *