नेपाल कोल्ड स्टोरेज संघको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित


काठमाडौं – नेपाल कोल्ड स्टोरेज संघको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको १० औं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित श्रेष्ठ चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका छन् । संघको उपाध्यक्षमा विश्वेश्वरप्रसाद कुसवाहा एवं सचिवमा गोकुल बराल सर्वसम्मत भएका छन् भने कोषाध्यक्ष मानवराज थापा पनि सर्वसम्मत भएका हुन्।

यस्तै संघको सदस्यमा आषिश शर्मा, देवानजंग चौधरी र राजेन्द्र भट्ट सर्वसम्मत भएका छन् । साधारण सभाबाट संशोदित विधानले कार्यसमिति नौं सदस्य बनाउने व्यवस्था अनुसार सुशिला पाठक र सुवास मल्ललाई संघले आमन्त्रित सदस्य मनोनित गरेको छ । सर्वसम्मत भएका सबै पदमा एक/एक मात्र दरखस्त परेको थियो ।

प्रतिक्रिया