निजामती कर्मचारीका लागि ‘प्रतिभा डबली’ मा आवेदन खुल्यो


काठमाडौं – यस वर्ष आयोजना हुने ‘प्रतिभा डबली’ कार्यक्रमका लागि आवेदन खुलेको छ । यही माघ १६ गते सूचना प्रकाशन गरी आवेदन खुलेको जानकारी गराएको हो ।

संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले निजामती कर्मचारीको नवीन सोच तथा इनोभेटिभ आइडिया उजागर गर्ने उद्देश्यले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक कर्मचारीले सूचना प्रकाशित मितिले ३० दिन भित्र आवेदन दिनुपर्ने छ । सहभागिताका लागि talenthunt.mofaga.gov.np मार्फत आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया