बैङ्कका कर्मचारी पक्राउप्रति निजी क्षेत्रले गर्‍यो ध्यानाकर्षण

काठमाडाैं – कर्जा दुरुपयोगको विषयलाई लिएर बैङ्कका कर्मचारी पक्राउ परेकोप्रति निजी क्षेत्रका संस्थाहरूले ध्यानाकर्षण भएको जनाएका छन् । बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ पर्नु दुःखद होे भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल च्याम्बर अफ कमर्सले आ-आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।

विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैङ्क तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिलाई पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेका कारण निजहरूले असल नियतबाट गरेको कामलाई बेवास्ता गरेको विज्ञप्तिमा जनाइएको छ ।

धितो मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गएको मङ्गलवार प्रभु बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र सेन्चुरी कमर्सियल बैङ्कका पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमसहित १० जनालाई पक्राउ गरेको थियो । पछिल्लो घटनाले समग्र बैङ्किङ क्षेत्रको व्यावसायिकतामाथि नै आँच आएको निजी क्षेत्रको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *