७८ वर्षीय ‘आयरन लंग म्यान’ को निधन


न्युयोर्क – करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’ को सहारामा बाँचिरहेका पल अलेक्जेन्डरको निधन भएको छ । पावलले ७८ वर्षको उमेरमा अन्तिम सास फेरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तपाई यो थाहा पाउँदा छक्क पर्नु हुनेछ कि पावल अलेक्जेन्डर १९५२ मा ६ वर्षको उमेरमा नै पोलियोबाट पीडित भएका थिए ।

जसका कारण उनले आफ्नो जीवन जिउन झण्डै ७ दशकसम्म ‘फलामको फोक्सो’ को सहारामा बिताउनु परेको थियो ।अमेरिकाबाट आएका पावल अलेक्जेन्डरलाई ‘पोलियो पल’ पनि भनिन्छ । बाल्यकालमा पावलको रोग पत्ता लागेपछि उनका आमा बाबुले उनलाई टेक्सासको अस्पतालमा लगेका थिएँ, जहाँ उपचारका क्रममा उनको फोक्सो पूरै बिग्रिएको खुलासा भएको थियो । त्यसपछि बाध्यतामा उनलाई फलामको बक्समा आधुनिक फोक्सो जोडेर ७० बर्षदेखि जीवित राखिएको थियो ।

पावल अलेक्जेन्डरको सन १९४६ मा अमेरिकामा जन्म भएको थियो । जब पावलको जन्म भयो, पोलियोले अमेरिकामा विनाश मच्चाइरहेको थियो । पल पनि यस प्रकोपको पकडबाट उम्कन सकेनन् । स्थिति यस्तो थियो कि पोलियोबाट पीडित भएपछि उनको घाँटीको तल्लो भागले सन् १९५२ मा काम गर्न छोड्यो । त्यसपछि उनी एक्लै सास फेर्न पनि असमर्थ भएका थिए ।

पावलको यो अवस्था देखेर डाक्टरहरूले उनको लागि फलामको मेसिनबाट बनेको फोक्सो आविष्कार गरे । यही मेसिनका कारण उनी आफ्नो जीवनलाई अगाडि बढाउन सफल भए । उनको मृत्यु अघि पावलको सम्पूर्ण शरीर मेसिन भित्र थियो, जबकि उनको अनुहार भने बाहिर देखिन्थ्यो । पावलको मृत्युमा उनका भाइ फिलिपले मानिसहरूका लागि विशेष सन्देश लेखेका छन् । उनले भने, ‘म ती सबै मानिसहरूप्रति आभारी छु । जसले मेरो भाइको उपचारको लागि चन्दा दिनु भएको थियो ।’ एजेन्सी

प्रतिक्रिया