बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *