बसन्तपुरमा चीर ठड्याएसँगै होली सुरु


काठमाडाैं – काठमाडाैंको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । होलीको चीर ठड्याइएसँगै आजदेखि विधिवतरूपमा फागु पर्व अर्थात होली पर्व सुरु भएको हो ।  फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।

फागु अर्थात् होली पर्व सुरु भएको जनाउ दिन बसन्तपुरमा चीर ठड्याउने प्रचलन छ । बसन्तपुरको गद्दी बैठक दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो ।

यस वर्ष होली काठमाडाैं उपत्यकासहित पहाडी जिल्लामा चैत ११ गते र तराईका जिल्लामा १२ गते मनाईंदैछ । बसन्तपुरमा ठड्याइएको चीर फागुन शुक्ल पूर्णिमाको रात टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।

प्रतिक्रिया