मस्कोको कन्सर्ट हलको आक्रमणमा संलग्न चार जनाविरुद्ध मुद्दा सुरु


काठमाडाैं – रुसले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा संलग्न रहेका भन्दै चार जना आक्रमणकारीविरुद्ध मुद्दा चलाउन थालेको छ ।

कम्तिमा १ सय ३७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न रहेको अभियोगमा एकजना ह्वीलचेयर प्रयोगकर्तासहित चारै जनालाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा लगिएको छ ।

सबै अभियुक्त घाइते अवस्थामा रहेका खबरमा उल्लेख छ । गएको शुक्रवार क्रोकस सिटी हलमा कन्सर्ट चलिरहेका बेला आक्रमण गरेको इस्लामिक स्टेट समूहले दाबी गरेको छ ।

रुसी अधिकारीहरूले भने कुनै प्रमाण बिना नै यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन् । तर युक्रेनले यी दाबीहरूलाई अस्वीकार गरेको छ । बीबीसी

प्रतिक्रिया