सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ पुग्यो


काठमाडाैं – सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । आज एकैदिन सुनको मुल्य तोलामा दुई हजार छ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च भएको हो ।

आज सुन तोलाको एक लाख २७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको मुल्य तोलाको एक लाख २५ हजार दुई सय रुपैयाँ थियो ।

यसअघि फागुन २९ गते सुनको मुल्य तोलामा एक लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो । चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ ।

हिजो तोलाको एक हजार पाँच सय २० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँले बढेर एक हजार पाँच सय ५५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया