बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल नदीमा खस्यो


काठमाडाैं – अमेरिकाकाे बाल्टिमोरमा पानीजहाजले ठक्करबाट एउटा पुल नदीमा खसेको छ ।

जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको समाचार संस्था रोयटर्सले जनाएको छ । पुलसँगै केही गाडी पनि नदीमा खसेकाले केही व्यक्ति हराएको हुन सक्ने प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोमा एउटा जहाजले ठक्कर दिएपछि पुलको ठूलो भाग एक्कासी नदीमा खसेको देखिन्छ । बाल्टिमोर शहरको अग्नि विभागले यो दुर्घटनालाई ठूलो हताहतको घटनाको रूपमा वर्णन गरेको छ ।

समाचार संस्था एपीले थुप्रै गाडी नदीमा खसेकाले मानवीय क्षति हुन सक्ने उल्लेख गरेको छ । अहिले अमेरिकी तटरक्षक र मेरिल्याण्ड राज्यका बहु–एजेन्सीले उद्धार अभियान चलाइरहेका छन् । सिँगापुरको झण्डा अंकित यो जहाज श्रीलंकाको कोलम्बो जाँदै गरेको खबरमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया