माैसममा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, अझै तीन दिन पानी पर्ने


काठमाडाैं – हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसले शुक्रवारसम्म नै बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । आज, भोलि र पर्सिसम्म नै देशका धेरैजसो ठाउँ मुख्य गरी पहाडी क्षेत्रमा मौसम बदली, केही ठाउँमा हल्का वर्षा र थोरै ठाउँमा मध्यम वर्षाको अनुमान महाशाखाको छ ।

यसमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया