आज चैते दशैं पर्व, नवदुर्गा भगवतीको पूजा गरी मनाइँदै


काठमाडौं – आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा आराधना गरी चैते दशैं मनाउने गरिन्छ ।

यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । काठमाडाैं उपत्यकामा रहेका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, बज्रयोगिनीलगायत उपत्यका बाहिरका पीठमा आज विशेष पूजा हुन्छ ।

वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैते दशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । बडादशैंमा जस्तै चैते दशैंमा पनि परिवारका सदस्यबीच जमघट गर्ने तथा मान्यजनबाट टिका लगाउने गरिन्छ ।

प्रतिक्रिया