चीनले नेपाली नागरिकलाई निशुल्क भिसा दिने


काठमाडौं – चीनले नेपाली नागरिकलाई निशुल्क भिसा दिने घोषणा गरेको छ । चीनले आगामी मे १ अर्थात् वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशित गर्दै भिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ ।

दूताबासले भनेको छ- नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन (एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ) ।

प्रतिक्रिया