गायक रामकृष्ण ढकालको नयाँ देशभक्ति गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं – गायक रामकृष्ण ढकालको आवाजमा रहेको देशभक्ति गीत ‘मेरो देश’ सार्वजनिक भएको छ । म्युजिक नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा गीतकार टि.आर पंगलीको रचना र नरहरि प्रेमीको संगीत रहेको छ ।

रामकृष्ण ढकालको स्वरमा हरेक वर्ष राष्ट्रभक्तिको सद्भाव जगाउने गीत सार्वजनिक हुने गर्दछ । साेही परम्परा लाई निरन्तरता दिनुका साथै देशको माया दर्शाउन आवश्यता महशुस गरी गीत बनाइएको प्रोडक्सन म्यानेजर समिर नेपालले बताए ।

गीतको म्युजिक भिडियोमा महानायक राजेश हमालको मुख्य अभिनय रहेको छ भने साथमा अन्य कलाकार र नेपाली सेनाका जवानहरूको पनि सहभागिता रहेको छ । भिडियोलाई अजय रेग्मीले छायांकन तथा राज कुमारले सम्पादन गरेका छन् । गीतमा कमल सौरागको एरेन्ज रहेको छ भने सन्तोष पौडेलले रेर्कडिङ तथा मिक्सीङ गरेका छन् ।

भिडियोः

प्रतिक्रिया