बङ्गलादेशमा पुल भत्किँदा नौ जनाको ज्यान गयो


काठमाडाैं – ढाका-बङ्गलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा विवाह भोजका पाहुना बोकेको माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको ज्यान गएको छ ।

पुल भत्किँदा दुबै सवारीसाधन नहरमा खसेको बरगुनाको स्थानीय अमतली प्रहरी चौकीका अधिकृत काजी सखावत हुसेन टोपुले बताए । ‘उद्धारकर्ताहरूले नहरबाट नौ शव निकालेका छन् भने १० जना घाइते भएका छन्,’ उनले भने ।

दुर्घटना शनिवार दिउँसो २ बजेतिर भएको हो ।

प्रतिक्रिया