संसदका कर्मचारी आन्दोलन : बालुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष तहको बैठक


काठमाडौं – संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि शुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी रहेका छन् ।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित रहेका छन् । सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका छन् ।

आफ्ना विभिन्न माग राखेर संसद सचिवालयका कर्मचारीहरुले केहि दिनदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुको आन्दोलनका कारण संसद्को बैठक समेत प्रभावित भएको थियो ।

प्रतिक्रिया